समाचार

भरतपुर अस्पतालमा आजदेखि आकस्मिकबाहेक सबै सेवा बन्द

चितवन। भरतपुर अस्पतालले आज आइतबारदेखि लागू हुनेगरि आकस्मिक बाहेकका सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । हिजो (शनिबार) अस्पताल प्रशासनले सूचना जारी गर्दै आकस्मिकबाहेकका सबै सेवा आजदेखि बन्द रहने जनाएको हो ।

अस्पताल प्रशासनले जारी गरेको सूचनामा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना सङ्क्रमणबाट अस्पतालमा सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारी धेरै संख्यामा सङ्क्रमित भई आइसोलेसनमा रहेको अवस्थालाई मध्येनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेक अन्य सेवा स्थगित गरिएको जनाइएको छ।

अस्पतालमा आकस्मिक सेवा लिन आउने सेवाग्राहीले पनि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अस्पतालले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button