आजको तस्बिर
बाघको आक्रमणबाट माडी देबेन्द्रपुर निवासी एक महिला घाइते
नियाले बाघको आक्रमणबाट माडी देबेन्द्रपुर निवासी एक महिला घाइते भएकी छन् ।
नियाले बाघको आक्रमणमा परी माडी नगरपालिका-७, देबेन्द्रपुर निवासी ४७ वर्षिया मिना सुबेदी घाइते हुनुभएको हो । आफ्नै घरपछाडि बुलबुले भन्ने ठाउँमा रहेको बारीमा घाँस काट्न जाँदा दिउँसो २ बजेको समयमा सुवेदीलाई नियाले बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी गंगा सुवेदी र तोयनाथ सुबेदीले बताउनुभयो ।
घाइते सुबेदीको दायाँ गाला र बायाँ पाखुरामा चोट लागेको छ । उहाँलाई उपचारका लागि भरतपुर पठाइएको वडाध्यक्ष बालकृष्ण सापकोटाले बताउनुभयो । पछिलो समय माडी क्षेत्रमा जंगली जवानरहरु बस्तीमा प्रवेश गरी जनधनको क्षती हुने क्रम बढेको छ ।