समाचार

प्रतिनिधिसभा बैठक पनि अनिश्चित समयको लागि स्थगित

रतिनिधि सभाको बैठक अनिश्चित समको लागि स्थगित भएको छ।

सोमवारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। त्यस्तै, भोलिका लागि नै बोलाइएको राष्ट्रिय सभा समेत स्थगित भइसकेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले विशेष कारणवस बैठक स्थगित भएको जानकारी दिए। यसअघि पुस २८ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक माघ ३ गते सम्मका लागि सारिएको थियो।

पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै विरोध गर्दै आइरहेको छ। एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध जनाउँदै आएको हो। माधवकुमार नेपाल लगायतका सांसदलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नभएसम्म संसद बैठकमा अवरोध कायमै रहने एमालेले बताउँदै आएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै अवरोध हटाउन आग्रह गरे पनि अवरोध कायमै रहने एमालेले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button