अन्तरवार्ताअन्तराष्टिय समाचारआजको तस्बिरआजको पत्रपत्रिकाबेलाको बोलीमनोरञ्जनशिक्षासमाचारसम्पादकीयसामाजिक सञ्जालसाहित्य

पेट बढ्यो ? यसरी दैनिक १० मिनेटले बनाउनुहोस् चैट

दीपक श्रेष्ठ । पेट बढ्यो ? यसरी दैनिक १० मिनेटले बनाउनुहोस् चैट व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्।

पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्। यसको अर्को कारण पनि छ- हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो–मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। एकै ठाउँ बसी–बसी काम गर्ने सहरीया शरीरलाई व्यायाम पुग्दैन। परिणाम– उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ। उसो भए गर्ने के त-खानै छाड्ने? सहरै छाड्ने? तनाव भयो भनेर कामै छाड्ने? होइन। खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। आज यो लेखमा हामी शारीरिक परिश्रमको कुरा गर्नेछौं। शारीरिक तन्दुरूस्ती र स्वस्थ जीवनयापनका निम्ति हामीले दिनको २४ घन्टामा मात्र १० मिनेट आफूलाई दिए पुग्छ। प्रत्येक दिन यति समय आफ्नो निम्ति दिन सके वर्षौं झेल्नुपर्ने दुःख र झन्झटबाट छुट्कारा पाउने सकिन्छ ।

प्ल्यांक शरीर घोप्टो पारेर गरिने व्यायाम हो। यो एकपटकमा दुई मिनेट मात्र गर्नुपर्छ। दुई मिनेटभन्दा धेरै गरे पनि यसको फाइदा नथपिने डाक्टरहरू बताउँछन्।गर्ने तरिकाः पुस अप गर्ने जस्तै अवस्थामा घोप्टो पर्ने। कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने। जिउ तनक्क सिधा पार्ने। यसरी बस्दा खुट्टाका औंलाले भुँइमा टेकिएको हुनुपर्छ। जमिनसँग शरीर समानान्तर हुनुपर्छ।अब यो अवस्थामै शरीरलाई दुई मिनेटसम्म स्थिर राख्ने। यसो गर्दा शरीरको सम्पूर्ण बल कम्मर, ढाड, पेट र हिपमा पर्छ।

यदि तपाईं धेरै मोटो वा धेरै कमजोर हुनुहुन्छ भने सुरूमै २ मिनेटसम्म गर्न गाह्रो हुन्छ। प्ल्यांक सुरूमै २ मिनेट गर्ने होइन। सुरूआतमा तपाईं जति सक्नुहन्छ, त्यति आफूलाई अड्याउनुहोस्। १५, २०, ३० सकेण्ड, जति सक्नुहुन्छ अडिनुहोस् र केही सकेण्ड आराम गर्नुहोस्।त्यसपछि फेरि सुरू गर्नुहोस्। यो प्रक्रिया एकपटकमा तीन पटकसम्म दोहोर्‍योउनुहोस्। विस्तारै शरीर क्षमता बढ्दै जान्छ र तपाईं एकैपटकमा २ मिनेटसम्म प्ल्यांक गर्न सक्नुहुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button