समाचार

अमेरिकामा एकैदिन ६० हजार कोरोना संक्रमित थपिए

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

यसअघि अमेरिकामा २ जुलाईमा एकैदिन सबैभन्दा धेरै ५५ हजार दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कोरोना महामारीलाई लिएर अमेरिका राम्रो स्थितिमा रहेको बताएका थिए ।

तर अमेरिकाका महामारी रोग विशेषज्ञ र कोरोना मामिलाका सल्लाहकार डाक्टर एन्थनी फाउचीले अमेरिका अझै पनि कोरोना सङ्क्रमणको स्थिति गम्भीर हुने बताएका थिए ।

कोरोना भाइरसबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो । हालसम्म ३० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button