समाचार

आर्सनलको सानदार जित

एजेन्सी– लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा लेस्टर सिटी एभर्टनसँग स्तब्ध बनेको छ । कप्तान पिएरे इमरिक औवामियाङको दुई गोल सहयोगमा घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ४–० को सानदार जित निकालेको हो । आर्सनलको जितमा कप्तान औवामियाङले दुई तथा ग्रानिट जाका र सेडरिक सोरेसले गोल गरे ।

खेलको ३३औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ३७औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता कायम गर्‍यो । ६७औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलको जित पक्का गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button