समाचार
सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको भने तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर नोटमा रहेको छ ।