
सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको एसइई परीक्षाको नतिजामा कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने ३८.१९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये १ लाख ६७ हजार ५९७ जनाको एनजी आएको बोर्डले जनाएको छ । एनजी आएकाहरुको पुरक परीक्षा साउन २९ गते तोकिएको छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजीमा पर्ने गरेको छ ।