सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रम सम्पन्न

सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रम शुक्रबार किम्ची रेस्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कार्यक्रममा मातृभाषामा पत्रकारिताबारे सञ्चारकर्मीहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा सञ्चारकर्मी कुमार विवेकानन्द मिश्रले गोरखापत्र संस्थानमा मातृभाषा आन्दोलन र मातृभाषा पत्रकारिताको समग्र अवस्थामाथि कार्यपत्र प्रस्तुत गरेका थिए। उनले २०४६ सालदेखि हालसम्म मातृभाषा पत्रकारिताको विकासक्रम, उपलब्धि र चुनौतीहरूको समिक्षा गर्दै प्रस्तुत गरेका थिए।
मिश्रका अनुसार गोरखापत्र संस्थानले समावेशीतालाई प्राथमिकता दिँदै २०६४ सालपछि मातृभाषामा सामग्री प्रकाशन सुरु गरेको हो। २०६४ साल साउन २४ गतेदेखि नेपाल, तामाङ, मैथिली र गुरुङ भाषामा सामग्री प्रकाशन सुरु गरिएको जानकारी उनले दिए।
ूप्रारम्भमा परीक्षणका रूपमा सुरु गरिएको यो प्रक्रिया २०६४ साल असोजदेखि नियमित प्रकाशनमा परिणत भएको हो,ू मिश्रले भने, ूहाल संस्थानबाट ३३ भाषामा सामग्री प्रकाशित भइरहेका छन्।ू
उनले मातृभाषा पत्रकारिताबाट सांस्कृतिक र भाषिक संरक्षण, विकेन्द्रीकरण, तथा संघीयताको समर्थनजस्ता सम्भावनाहरू रहेको उल्लेख गरे।
रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा अवस्थीले रेडियो नेपालमा प्रसारित मातृभाषा समाचारबारे कार्यपत्र प्रस्तुत गरे। उनले सातै प्रदेशबाट विभिन्न भाषाभाषीमा कार्यक्रमहरू प्रसारण भइरहेको जानकारी दिए।
नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पाराईले मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र चुनौतीमाथि कार्यपत्र प्रस्तुत गरे। उनले नेपाल टेलिभिजनले समावेशी दृष्टिकोणबाट विभिन्न भाषाका कार्यक्रमहरूलाई प्राथमिकता दिएको बताए।
उनका अनुसार नेपाल टेलिभिजनले नेपाल भाषा, तामाङ, गुरुङ, मैथिली, लिम्बु, थारु र डोट्याली गरी सात भाषामा कार्यक्रम उत्पादन गरिरहेको छ। राष्ट्रिय प्रसारणमा मगर, गुरुङ, तामाङ, नेपाल, लिम्बु, थारु, अवध, भोजपुरी, उर्दु, मैथिली लगायत अन्य चार भाषासमेत गरी सामग्री प्रसारण भइरहेको जानकारी उनले दिए।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारिता एकताको आधार हुने भन्दै कार्यपत्र प्रस्तुत गरे। उनले भने, ‘सीमान्तीकृत समुदायलाई मूलधारमा जोड्ने माध्यम हो मातृभाषा। यसले भाषालाई जोगाउँछ।’
चौधरीले समावेशी समाज निर्माण, सांस्कृतिक र भाषिक संरक्षण तथा परम्परागत ज्ञान पुस्तान्तरणका लागि मातृभाषा पत्रकारिता अत्यन्त आवश्यक रहेको औंल्याए।
मातृभाषा पत्रकारितामा बिज्ञापन नदिने, आर्थिक स्रोतहरु नहुने, दक्ष जनशक्तिको अभाव, मुलधारको मिडियाबाट अपहेलित रहेको उल्लेख गरे ।