जीवन शैलीस्वास्थ्य

डार्क चकलेट किन खाने, के छ फाइदा?

तपाईंहरूमध्ये कति जना चकलेट स्वास्थ्यका लागि हानिकारक मान्नुहुन्छ।

हुन त कुरा सत्य हो, तर आधा सत्य।

सबै चकलेट स्वास्थ्यका लागि हानिकारक हुँदैन।

अब तपाईंहरूलाई लाग्ला, कुन चकलेट खाँदा के फाइदा हुन्छ त?

यो भिडिओमा म तपाईंहरूलाई यही जानकारी दिनेछु।

अरू चलकलेटको तुलनामा डार्क चकलेट स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। डार्क चकलेट खानेहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या कम भएको वैज्ञानिक अनुसन्धानहरूबाट पुष्टि भएको छ।

ब्रिटिस मेडिकल एसोसिएसनले प्रकाशन गर्ने स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘बिएमजे’ ले हालै एउटा निष्कर्ष सार्वजनिक गरेको छ — डार्क चकलेट खानेहरूलाई ‘टाइप-२’ डाइबिटिजको खतरा कम हुन्छ।

डार्क चकलेटमा पाइने केही तत्त्वले सुगर रोग लाग्न दिँदैन भन्ने मेडिकल जर्नल बिएमजेको निष्कर्ष छ।

Nchl
Ncell

केही व्यक्तिहरूको समूहलाई लामो समय डार्क चकलेट खुवाएर गरिएको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालिएको हो। तर ती व्यक्तिलाई सुगर नहुनुमा डार्क चकलेट नै एक मात्र कारण थियो वा अरू कुनै कारणले सुगरको जोखिम कम भएको हो भन्ने अनुसन्धानले प्रमाणित गरेको छैन।

उक्त अनुसन्धानले उच्च रक्तचाप र मुटुसम्बन्धी रोगलाई पनि डार्क चकलेटले फाइदा पुर्‍याएको देखिएको छ।

अनुसन्धानअनुसार डार्क चकलेट र दूधको चकलेटमा क्यालोरी, चिनी र चिल्लो पदार्थको मात्रा बराबर हुन्छ। कोको भने डार्क चकलेटमा बढी पाइएको छ। कोको धेरै भएकाले नै डार्क चकलेट अरू किसिमका चकलेटभन्दा स्वस्थकर भएको अनुसन्धाताहरूको भनाइ छ।

कोको यस्तो पदार्थ हो, जसमा फाइबर धेरै हुन्छ। यसमा ‘फ्लेभोनोइड’ भनिने वनस्पतिजन्य पदार्थ पनि भरपुर हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

कोको र फ्लेभोनोइडमा ‘एन्टि-अक्सिडेन्ट’ र ‘एन्टि-इन्फ्लेमेटरी’ तत्त्व धेरै भएकाले रक्तनलीहरू खोल्न मद्दत गर्ने अनुसन्धाताहरू बताउँछन्। त्यसैले डार्क चकलेट खाँदा शरीरमा रगतको प्रवाह बढ्छ। शरीरको हरेक अंगमा रगत पुग्यो भने अन्य रोगहरूबाट पनि बच्न सकिन्छ।

यसले रक्तनलीमा बोसो जम्ने समस्या पनि घटाउँछ। रगतमा हुने चिनीको मात्रालाई स्थिर राख्छ। त्यसैले यदि तपाईंलाई उच्च कोलेस्ट्रोलको समस्या छ भने डार्क चकलेट सेवन गर्न सक्नुहुन्छ।

पोषण वैज्ञानिकहरू पनि डार्क चकलेटलाई स्वस्थ खानाकै रूपमा लिन्छन्। तर यसका लागि डार्क चकलेटमा कम्तिमा ७० प्रतिशत कोको हुनुपर्छ। त्यसबाहेक बदाम मिसिएको छ भने अझ बढी स्वस्थकर मानिन्छ। किनभने, बदाममा स्वस्थ चिल्लो पदार्थ र फाइबर प्रचुर मात्रामा पाइन्छ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनमा प्रकाशित एक अध्ययनअनुसार डार्क चकलेटमा मस्तिष्क प्रणाली सुधार्ने गुण पनि पाइएको छ। यसले मानसिक स्वास्थ्य कायम राख्न मद्दत गर्ने उक्त अध्ययनले देखाएको छ।

यति धेरै फाइदा थाहा पाएपछि अब तपाईंहरू पनि खाने होइन त डार्क चकलेट?

तल कमेन्ट गर्नुस् है त!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button