वीरेन्द्रनगर नगरपालिकाको १७औँ नगरसभा को नीतितथा कार्यक्रमहरुको पूर्णपाठ सहित

सुर्खेत ।वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको १७औँ नगरसभामा, आर्थिक बर्ष ०८२/८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
नगरवासीलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले नगरबस सेवा सञ्चालनको तयारी नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले यसबारे जानकारी दिएकी हुन्।
“शैक्षिक ,प्रशासनिक, पर्यटकीय शहरः स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर” भन्ने मुल नाराका साथ नगरभित्र डिजिटल पूर्वाधारको विस्तार र सूचना प्रविधिमा आधारित सेवाहरूलाई प्रवर्द्धन गर्न आईटी जोन निर्माण डिजिटल प्रविधिमा सक्षम बनाउँदै युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले आईटी जोनको अवधारणामा सुर्खेत घण्टाघर क्षेत्रको उत्तरतर्फ सूचना प्रविधि (आईटी) जोन निर्माण गर्ने भएको छ।