अध्यात्म/दर्शनअन्तराष्टिय समाचारअर्थतन्त्रआजको तस्बिरकर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशजीवन शैलीपत्रपत्रिकापर्यटनप्रदेशबाग्मती प्रदेशबिज्ञान प्रविधिमधेश प्रदेशमनोरञ्जनराजनीतिलुम्बिनी प्रदेशसफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जालसुदूरपश्चिम प्रदेशस्थानीय समाचारस्वास्थ्य

अशोक राई नेतृत्वको जसपाकाे संघीय परिषदको बैठक सुरु

 

काठमाडौं, ६ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक सुरु भएकाे छ ।

 

असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा साे बैठक सुरू भएकाे युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बसेकाे संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्।

संघीय परिषद्को बैठकमा विधानको धारा २६ (३) अनुसार केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु, प्रादेशिक निकायका पदाधिकारीहरु, राष्टिय समितिका पदाधिकारीहरु, जिल्ला समितिका अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरु र मनोनित संघीय परिषद् सदस्य गरी करिब ४१३ जनाको सहभागी रहेकाे सुबेदीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button