अध्यात्म/दर्शनअन्तराष्टिय समाचारअर्थतन्त्रआजको तस्बिरकर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशजीवन शैलीपत्रपत्रिकापर्यटनप्रदेशबाग्मती प्रदेशबिज्ञान प्रविधिमधेश प्रदेशमनोरञ्जनराजनीतिलुम्बिनी प्रदेशसफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जालसुदूरपश्चिम प्रदेशस्थानीय समाचारस्वास्थ्य
एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

पर्सा – पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षिय रामेश्वर राउत रहेका छन्।
उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साको टोलीले पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थिए।
पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।