
नेपालगंज- बाँकेमा मंगलबार पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका ७ सय ४८ जना व्यक्तिले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई २ गते देखि खोप लगाउने निर्णय गरेसँगै बाँकेमा तेस्रो दिन ७ सय ३४८ जनाले कोरोना बिरुद्धको खोप लगाएको बाँकेका कोरोना फोकल तेज वलीले जानकारी दिनुभयो । फागुन २ गते देखि हालसम्म बाँकेमा १ हजार ९ सय ६ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।
बाँकेमा रहेका २ वटा खोप केन्द्रमा ६ सय १२ पुरुष र १ सय ३६ महिला गरी ७ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएको फोकल पर्सन वलीले बताउनुभयो ।
सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, पत्रकारलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरेको हो । पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालकहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा १ जनामा संक्रमण पुष्टी भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ५५ पुगेको छ ।