बाँकेमा बुधबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

Hamropusta Online Tv

बाँके-  पछिल्लो २४ घण्टामा  बाँकेमा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका तीनवटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा १८ महिला र २० पुरुषगरी ३८ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा २१ , नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १२ र बागेश्वरी डाईग्नोष्टिक ल्यावको प्रयोगशालामा ५ गरी ३८ जनामा भाइरस संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ८ सय ४१ पुगेको छ । कोरोना संक्रमणसङ्गै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ ।

अस्पतालहरुले बिरामीको प्रकृति अनुसार कोरोनाका बिरामीहरुलाई अक्सिजन थेरापी, एन्टिबायोटिक्स, सिप्याप, रेम्डिसिभर, भेन्टिलेटर तथा प्लाज्मा थेरापी लगायतका बिधिबाट उपचार गर्दै आएका छन ।

Hamropusta Online Tv

बाँकेमा हालसम्म ३१ जना कोरोनाका जटिल बिरामीलाई प्लाज्मा थेरापी दिइएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उक्त बिधिबाट गरिएको उपचारबाट १८ जना संक्रमितहरु उपचार पश्चात् निको भएका छन भने १३ जनाको मृत्यु भएको श्रेष्ठले बताए ।

पछिल्लो समयमा कोरोना संक्रमितका जटिल बिरामीहरुलाई प्लाज्मा थेरापी बिधिबाट गरिएको उपचारमा बाँकेमा ५८ प्रतिशत सफल भएको देखिन्छ । बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २७ रहेको छ भने कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् । जिल्लामा विभिन्न आइसोलेसनमा ५ सय ८५  संक्रिय संक्रमित उपचाररत छन् ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: