रहेनन् कांग्रेस नेता तेज पुन, कोरोनाले लियो ज्यान

Hamropusta Online Tv

डोटी । नेपाली कांग्रेस डोटीका नेता तेज पुनको निधन भएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल लगिएको थियो । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो।

 

नेता पुनको बुधबार दिउँसो निधन भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिए ।पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: