आइतबार बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

बाँके- आइतबार बाँकेमा कोरोनाबाट थप १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ठाकुरबाबा  नगरपालिका-६, बर्दिया  निवासी ४२ वर्षिय पुरुषको उपचारको क्रममा भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको हो । बर्दिया निवासी ४२ वर्षिय पुरुषको आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले  जानकारी दिए ।

मृतक पुरुषको असोज१५  गते स्वाब संकलन गरिएको थियो भने पीसीआर रिपोर्ट असोज १६ गते पोजिटिभ आएको थियो । स्वास्थ्यमा सुधार नआए पस्चात भेन्टिलेटर लगायतका थप सुबिधाका लागि उनलाई भेरी अस्पताल नेपालगन्ज ल्याई उपचार शुरु गरिएको थियो । संक्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने Antibiotics/02 / CPAP/ Remdesivir/ प्लाजामा थेरापी/ Ventilator  लगाएत सबै प्रकारको अन्य Supportive उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको हो ।

यो सङ्गै कोरोना उपचारको क्रममा बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीबाट समन्वय भैरहेको जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: