बाँके कोरोना अपडेट: शनिबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

बाँके-  शनिबार बाँकेमा एकैदिन थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका तीनवटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा १४ महिला र २४ पुरुषगरी ३८ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा १८, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १८ र बागेश्वरी डाईग्नोष्टिक ल्यावको प्रयोगशालामा २ गरी ३८ जनामा भाइरस संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ७३ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: