नाम नराखेको भन्दै उपमेयरबाट शिलालेखमा ढुङगा प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाद्वारा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विवाद सृजना भएको छ । वडा नम्बर ७ को वडा भवन हस्तान्तरण कार्यक्रममा विवाद सृजना भएको हो ।

उप प्रमुख प्रेमकुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै बबन्डर मचाएकी हुन् । शिलालेखमा मेयरको नाम समावेश भएको तर, आफ्नो नाम समावेश नभएको भन्दै शिलालेखमा ढुङ्गा प्रहार गरेकी छन् । थापाले शिलालेखमा ढुङ्गा बजार्दै विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको थियो । मेयर ममताप्रसाद चौधरीले कार्यालय भवनको उद्घाटन गर्ने बित्तिकै उपमेयर थापाले शिलालेखमा ढुङ्गाले हानेकी थिइन् ।

मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगर्न अनुरोध समेत गरेका थिए । कार्यपालिकामा कुनै छलफल नभएको र नगर प्रमुखले एकलौटी ढङ्गबाट नाम लेख्न दिएको उप मेयर थापाको आरोप छ । मेयर ममताप्रसाद चौधरीले आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा शिलालेखमा ढुङ्गा बजारेको जानकारी दिए ।

 

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: