लक्षण सहितको कोरोना संक्रमणबाट सुर्खेतमा थप एक जनाको मृत्यु

सुर्खेतमा एक जना ४२ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा उनको मृत्यु भएको हो। उनमा पनि लक्षण सहितको कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार वीरेन्द्रनगर–९ निवासी ति व्यक्तिलाई १० दिनदेखि ज्वरो आइरहेको थियो। उनलाई मेडिकलमा टाइफाइडसम्बन्धी उपचार गरिएको थियो। निको नभएपछि उनलाई प्रदेश अस्पतालमा भर्ना गरिएको थियो।

शुक्रबार बिहान साढे १० बजे अस्पतालको आकस्मिक कक्षामा भर्ना भएको उनलाई प्रि–आइसोलेसन युनिटमा उपचारका लागि राखिएको थियो। शनिबार बिहान ४ बजेतिर उनको अक्सिजनको मात्रा घटेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

अक्सिजनको मात्रा घटेपछि उनलाई आकस्मिक कक्षमा राखेर मुखबाट पाइप राखेर अक्सिजन उपचार गरिएको थियो। कोरोना परीक्षणका लागि शनिबार बिहान साढे ६ बजेट स्वाब संकलन गरिएका उनको साढे ७ बजे मृत्यु भएको छ।

साढे ११ बजे उनको जिन एक्सपर्ट विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट पोजिटिन आएको कँडेलले बताए।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको कँडेलले जानकारी दिए।

योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। हालसम्म लक्षणसहितका कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: