शनिबार बाँकेमा थप ४२ जनाले कोरोना जिते

बाँके- शनिबार बाँकेमा विभिन्न आइसोलेसनबाट थप ४२ जना संक्रमित कोरोना जितेर डिस्चार्ज  हुँदैछन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेका १५ महिला र २७ पुरुष गरी ४२ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २२ पुगेको छ ।

बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६३५ रहेको छ भने २९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २५ सहित ६०९ जना सक्रिय संक्रमित उपचाररत छन् ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: