बाँके कोरोना अपडेट: बुधबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि

बाँके- बाँकेमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ।

बुधबार भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा २१ जना, नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा ५ जना र त्यसैगरी वागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिकिल्निक प्रयोगशालामा २ जना सहित ८ महिला र २०  पुरुष गरि २८ जनामा कोरोना पुष्टि भएको जिल्ला  जनस्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या २ हजार ५  सय ५४ पुगेको छ  ।

फोकल पर्सन श्रेष्ठका अनुसार ५ सय ४५ महिला र १ हजार ३ सय ५४ पुरुष  गरि बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९९ रहेको छ भने जिल्ला भित्रका २६ जना र जिल्ला बाहिरका १२ जना गरि ३८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

जिल्लामा रहेका विभिन्न आइसोलेसन सेन्टरमा हाल २ सय २९ महिला र ४ सय पुरुष गरि  ६ सय २९  सक्रिय संक्रमित  उपचाररत छन् भने  १ सय ५ महिला र ९६ पुरुष होम आइसोलेसनमा बसेका छन्।

No description available.

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: