राजस्थानविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीप बेन्चमा

काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीविरुद्ध राजस्थानले केही बेरमा बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले स्थान बनाउन सकेका छैनन् । दिल्लीले आठौं खेल खेल्न लाग्दा हालसम्म सन्दीपले टिममा स्थान बनाउन सकेका छैनन् ।

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । दिल्ली आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेल्दै दिल्ली १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको मुम्बईको पनि समान अंक छ । मुम्बई नेट रनरेटका आधारमा अघि छ ।

यता राजस्थान पनि आजको खेलमा दिल्लीलाई पराजित गर्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।  लिगमा ७ खेल खेलेको राजस्थान ६ अंक सहित तालिकाकाको सातौं स्थानमा रहेको छ । लिगमा अफूलाई बलियो बनाई राखन राजस्थानालाई आजको खेलमा जितको आवश्यक्ता छ ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: