बुधबार बाँकेमा थप २६ जनाले कोरोना जिते

बाँके- बुधबार बाँकेमा  थप २६ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार बाँकेका विभिन्न ठाउँका १४ महिला र १२ पुरुष गरी २६ जना संक्रमित कोरोना मुक्त भई आज डिस्चार्ज हुँदैछन ।

यो सङ्गै बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ हजार ८९९ पुगेको छ ।

बाँके जिल्लामा हालसम्म कोरोना संक्रमितको कुल  संख्या २ हजार ५ सय २६ रहेको छ भने २६ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ। विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २१ सहित ६ सय २२ जना सक्रिय संक्रमित उपचाररत छन् ।

 

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: