तुलसीपुरमा किशोरीमाथि सामूहिक बलात्कार

दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीमाथि खाली घरमा लगेर सामूहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार पीडितले तुलसीपुर ५ का १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर ७ निवासी १८ वर्षका करण सार्कीले मानिस नबस्ने रित्तो घरमा लगेर सामूहिक बलात्कार गरेको जोहरीमा उल्लेख गरेकी छन्।

आरोपित दुबै  किशोर फरार रहेको डिएसपी शाहीले बताए। उनीहरूको खोजी भइरहेको सिंहले जानकारी दिए।
पीडितले दिएको जाहेरीमा असोज २२ गते राति ११ बजे तुलसीपुर ५ रानी जरुवा क्षेत्रको एउटा रित्तो घरको भान्सा लगेर उनीहरूले सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छन्। उनीहरूले ती किशोरीलाई असोज २३ गते पनि बन्धक बनाएर राखी बलात्कार गरेको निवेदनमा उल्लेख गरेकी छन्।

आमा बाबु नभएकी र हजुर आमासँग बस्दै आएकी ती किशोरी बेपत्ता भएपछि खोजी गर्दै जाने क्रममा उनी बाटोमा रुँदै हिँडिरहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

‘सामूहिक बलात्कार गर्ने चिनजानकै  साथीहरू रहेछन्,’ एक प्रहरी अधिकारीले भने ‘विश्वासमा परेर उनी बेलुकी घुम्दै झुलुंगे पुलसम्म गएकीलाई उनीहरूले ललाई फकाई गरेर रोकेर रातिमा सामूहिक बलात्कार गरेको भन्ने खुल्न आएको छ।’

बेलुकी पख केटी साथीहरू सँगै घुम्दै गएकी उनलाई उनीहरूले बोलाएर लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

सामूहिक बलात्कारमा परेकी किशोरी अलि सोझी हुनु र चिनजानकै साथीहरू भनेर विश्वासमा परेको हुँदा सामूहिक बलात्कारको सिकार भएको अनुमान भइरहेको ती प्रहरी अधिकारीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: