आखिर किन हुँदैछन त सिटिइभिटीमा धेरै विद्यार्थी फेल ? किन आउँछन् विद्यालय निल को नाममा..??

प्राविधिक तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीले शैक्षिक क्षेत्रमा विसं १९८९ बाट देशमा योग्य सीपमूलक जनशक्ति उत्पादन गर्दै आएको छ पहिला-पहिला सिकाइलाई प्राथमिकता दिएर ज्ञानका पानाहरु बाँडिन्थ्यो तर अपसोच विगत केही वर्षदेखि यो CTEVT माथि नलागेर तलतिर खसेको जस्तो अनुभव भइरहेको छ। धमाधम CTEVT अन्तर्गतका स्कुल-कलेज खुलाएर विद्यार्थीहरुलाई भ्रममा पारेर शैछिक सुरु गर्दैछ । यो CTEVT। यो भन्दा अघिल्ला सालतिर कैयौं कलेजहरु बन्द भए जो बिना स्वीकृत CTEVT भन्दै चलाउँदै आएका थिए दलाल भ्रष्टाचारीहरुले यसरी चलाएका शैक्षिक सस्था बन्द हुँदा त्यहाँ पढ्ने कयौं विद्यार्थीहरु धरापमा परे र आफ्नो वातावरण अनुकूल ठाउँ छोड्नु पर्यो अनि साथ साथै कलेज पनि त्यहि दलालीहरुले पैसा लुटे/अनि पठाएँ अरुको कलेजमा शरण लिन भनी .हामी विद्यार्थी सोझो भयौ र लियौं पनि शरण किनकि हामीमा पनि एक किसिमको बाध्यता थियो पढौ कि छोडौँ त्यसैगरी अहिले आएर सिटिइभिटीले नेपालको कुनाकुनामा प्राविधिक धार स्तरका जनशक्ति उत्पादन गर्नको निम्ति स्कुल कलेजहरु खुलाई रहेको छ अझ भएन भनेर private sector का दलालहरुलाई बिना कुनै मापदण्ड भटाभट कलेज खोल्न स्वीकृति दिएको छ। अहिलेको अवस्थामा हेर्ने हो भने राष्ट्रिय परीक्षा बोर्ड अर्थात् NEB अन्तर्गतका विद्यालय भन्दा सीटीभीटिका विद्यालयहरु बढ्दो क्रममा छन् तर तिनको गुणस्तर भने पूरै ० रहेको छ। CTEVT ले अहिले पनि +२ सरह धमाधम सम्बन्ध इजाजत दिएको छ। यो सरासर गलत हो किनभने शैक्षिक सस्थाका अवस्था कस्तो छ ? के छ? त्यो मूल्यांकन नभइकन दिनु भनेको दलाली र भ्रष्टाचारी प्रविधि हो। कुनैपनि स्कूल कलेज खोल्न सम्बन्धन दिनु भन्दा पहिला स्कुल वा कलेजको वातावरण को बारेमा अध्ययन र अनुसन्धान गर्नु पर्यो त्यसैगरी आवश्यक शैक्षिक प्रयोगशाला छकि छैन? यो पनि हेर्नुपर्यो पर्याप्तमात्रामा पढाउने शिछ्यक शिच्छिका छन् कि छैनन् यो पनि विचार गर्नु पर्यो। यहाँ यस्तो पनि देखिएको छ कि तल्लो लेवलको योग्यता भएका व्यक्तिहरुले पनि माथिल्लो तहका विद्यार्थीहरुलाई पढाइरहेका छन् जुन उनीहरुलाई बन्देज गरिएको छ तर पर्याप्त शिक्षक नभएकै कारण यस्तो समस्या देखिएको छ । शैक्षिक दलाली र पुँजीवादी परम्परा सीटीईभीटीमा दिनहु बड्दै छ। अरबौं रकम विदेशी संस्थाले CTEVT लाई सहयोग गरेका छन् तर यसको उचित प्रयोग माथिल्लो तहबाट दलाली र भ्रष्टाचारी प्रविधिले हुन सकेको छैन। विभिन्न कार्यक्रम चलाउने निंहुमा कति रकम आफ्नो गोजामा कुमल्याउँछन् कसैलाई थाहा हुँदैन र कार्यक्रमहरु पनि पूरै झारा टारेर सकिदिन्छन। अनि के सिक्छन् त विद्यार्थीहरु (गोपो)? अनि अर्को कुरा विगत २/३ वर्ष अघिदेखि CTEVT के आफ्नै पारामा रङ्ग न  ढंगले देशभरि सिटिईभिटीका college खुलायो र धमाधम भर्ना सुरु गर्यो।नेपालको प्रत्येक जिल्लामा कम्तीमा पनि १००- २०० college होलान् सीटीईभीटीका प्राविधिक विषयको नाममा सीटीईभीटीका दलालहरुले तोके भन्दा बढि शुल्क असुल गरेका छन्। अनि के सिक्छन् त विद्यार्थीहरु (गोपो)? प्राविधिक विषयको नाममा सीटीईभीटीका दलालहरुले तोके भन्दा बढि शुल्क असुल गरेका छन् ।

खेलकुद पुस्तकलाई बिकाश कोष शुल्क –
अतिथि गृह हल भाडा शुल्क —-
शिक्षालाई विकासको मर्मत विकास शुल्क
विद्यार्थी कल्याण कोष
ल्याव आोपिडि शुल्क
माथि उल्लेखित कुनै पनि कुराहरु स्कूल कलेजमा प्रायः देखिँदैन तर शुल्क भने काटेको हुन्छ अनि नबुझेको कुरा थियो भने शिक्षालयलाई त्यत्रो बजेट आउँछ विभिन्न देश संस्थाको सहयोग आउँछ तर पनि विद्यार्थीहरुबाट अनावश्यक रुपमा शुल्क लिन्छन् । यी दलाल चोर भ्रष्टाचारिहरुले? माथिबाट आएको पैसाले न अघाएर होला विद्यार्थीहरुबाट शिक्षण शुल्क बाहेक अनावश्यक रकम उठाउने र शिक्षालयको नामको बाहानामा पैसाको भुडिमा कोच्ने? यस्तो प्रविधिले गर्दा पनि CTEVTअन्तर्गतका कार्यक्रमहरु खस्किदै गएका छन् र संस्थाहरु बदनाम भएका छन् अर्को कुरा भर्नासम्बन्धी सिटिइभिटीले विगत २/३ वर्ष अघिदेखि धमाधम स्कुल कलेज खुलाए लगत्तै विभिन्न ठाउँमा प्राविधिक विषय पढ्ने विद्यार्थीहरु एकाएक भरियो तर गुणस्तर भने खसकिय किनभने सिटिइभिटीले नेपालको हर कुनामा शिक्षालाई फैलाउनदै गर्दा यहाँ NEBको ग्रेडिङ सिस्टम आयो अनि यो सिस्टमले गर्दा CTEVTमा जुनसुकै ग्रेड लिएका विद्यार्थीहरुले पनि पढ्न पाउने भयो यही कारणले गर्दा पनि CTEVT मा धेरै विद्यार्थीहरु फेल भएको पाइन्छ।अझ कोही कोही ठाउँमा त कोटा नै अपुग भएर विद्यालय आफैंले हारगुहार गरेर मेरोमा पढ्न आईजा मिलाइदिन्छु भन्दै कोटा पूरा गरेर पठनपाठन सुरु गरे त्यो पनि अपर्याप्त स्रोत साधन बिना ?? अनि कसरी हुन्छ त सीटीईभीटीमा चालिस् ५०% भन्दा बढी pass त्यसैले अव सिटिइभिले अनावश्यक रूपमा college खुलाउनु भएन विभिन्न सोध खोज र पर्याप्त अनुसन्धान बिना कोही कसैलाई पनि कलेज खोल्न नदिने बेलाबेलामा कलेजको अपर्झट चेकजाँच गर्ने यदि कसैले गैरकानुनी काम अर्थात कानुनविपरीत छ भने हद सम्मको कारबाही गर्नुपर्यो । सिटिइभिटीले भर्ना लिदा उपयुक्त व्यक्तिलाई मात्र लिनुपर्यो पैसाको प्रलोभनमा परी लिने भर्ना बन्द गर्नु पर्यो विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी Bachelor Master Programmer चलाउनु पर्यो यसो गरियो भने मात्र सिसिटिभीको गुणस्तर बढर्दै जान्छ र शिक्षा प्रणाली सोतह परिवर्तन हुन्छ ।
धन्यवाद !!

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: