सत्य बोल्न, देख्न र बुझाउँन गाह्रो हुन्छ : झुठ सजिलै पत्याइन्छ !

अंग्रेजीमा एउटा भनाई छ – झुठले संसारको दुई फन्को लगाइसक्दा सत्य घरबाट निस्कन भर्खर जुत्ताको तुना कस्दै हुन्छ । (A lie travels around the globe while the truth is putting on its shoes)

➡️➡️ यसबारे फेसबुकमा भेटेको एउटा कथा यस प्रकार छ :

उहिल्यै उहिल्यैको कुरो हो । एक दिन सत्य र झुठको भेट भयो । झुठले सत्यलाई भन्यो, “आज बढो रमाइलो घमाइलो दिन छ । सँगै खेलौँ ।”
हुन पनि त्यो दिन अद्भुत नै थियो । हेर्दै राम्रो । चुपचाप बस्नै मन नलाग्ने किसिमको । सत्यले झुठको कुरा नकार्ने कारण थिएन ।
दुवैले धेरैबेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे ।

झुठले सत्यलाई फकायो, “उखर्माउलो गर्मी छ । हिड्दा हिड्दा असिनपसिन नै भइयो । अब इनारमा पसौँ र मज्जाले नुहाऔँ ।” यसमा पनि सत्यले नकारेन ।

दुवैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केही बेर इनारमा नुहाएपछि झुठ कुनै बहाना बनाएर इनारबाट बाहिर निस्क्यो । आफ्ना लुगा पोको पारेर बोक्यो । आफु भने सत्यका सबै लुगा लगाएर हिड्यो । झुठले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि पनि सोच्यो कि झुठ जिस्किरहेको छ तर झुठ निकै बेरमा पनि फर्किएन ।

त्यसपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर बाहिरिएर झुठलाई खोज्न निस्कियो । उ झुठलाई खोज्दै निकै परसम्म पुग्यो । मानिसहरुले उसको कुरा सुन्दै सुनेनन्, बरु नाङ्गै हिँडेको सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । सत्यले कसै गरे पनि झुठलाई भेटेन । न उसले कसैको सहयोग नै पायो ।

बिचरा सत्य, फेरि उही इनारमा फर्केर पानी भित्र लाज लुकाउन सदाको निम्ति गायब भयो ।

अनि झुठ त्यसबेला देखि नै सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । सत्यको आवरणमा ढाकिएको उसलाई सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई समाजले स्विकार्न चाहेको छैन । त्यसैले नग्न सत्य गायब छ, लुकी राखेकै छ ।

सत्य बोल्न, देख्न र बुझाउँन गाह्रो हुन्छ : झुठ सजिलै पत्याइन्छ !

(राजन पौडेल )

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: