टर्की–ग्रीस तनाव : जहाज डुबाउन दिएको आदेश सेनाप्रमुखले मानेनन्‌

भदौ १७, २०७७ पूर्वी भूमध्य सागरमा आ–आफ्नो प्रभुत्व स्थापित गर्न युद्ध तयारी गरिरहेका टर्की र ग्रीसबीच तनाव चुलिँदो छ। यही तनावबीच टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनमाथि स्थिति भड्काउन खोजेको र सैन्य झडप चाहेको आरोप लागेको छ।

जर्मन अखबार ‘डी वेल्ट’मा छापिएको खबरमा अर्दोआनले सुनियोजित युद्ध चाहेको उल्लेख छ। अर्दोआनले चाहे झैं टकीको सेना भूमध्य सागरमा अघि बढेको भए ग्रीसको जहाज डुबाइसक्ने सो समाचारमा लेखिएको छ।
अर्दोआनले आफ्ना सैन्य जनरललाई मानवीय क्षति नहुनेगरी ग्रीसको एक जहाज डुबाउन आदेश दिएको दावी गरिएको छ। जनरलले अर्दोआनको यो आदेश नमानेपछि ग्रीसको लडाकु विमान खसाल्न अर्को आदेश दिएको भनिएको छ। तर यो आदेश कार्यान्वयन गर्न पनि टर्कीका जनरलले नमानेको बताइएको छ।

मानवीय हताहति नहुनेगरी त्यस क्षेत्रमा तनावपूर्ण हालत बनाउन टर्कीका राष्ट्रपतिले सक्दो कोशिश गरेको, तर टर्कीस सेनाको सुझबुझपूर्ण अडानका कारण युद्ध रोकिएको जर्मन पत्रिकाको दाबी छ। बीबीसीका अनुसार सेनाले अर्दोआनको आदेश मानेको भए डी वेल्ट भनिने सो स्थानमा अहिलेसम्म युद्ध सुरु भइसक्ने थियो।  अझैपनि पूर्वी भूमध्य सागर क्षेत्रमा युद्धउन्मुख स्थिति नै कायम छ। तर, फ्रान्स र युएईले आफ्ना लडाकु जहाज ग्रीसको पक्षमा तैनाथ गरेका छन्। ग्रीस, फ्रान्स र टर्की उत्तर अमेरिकी सन्धी संगठन (नेटो) का सदस्य हुन्। तर, वल्र्ड अर्डरको एउटै मञ्चमा भएपनि यी देशले एक अर्कोविरुद्ध सैन्य कारबाहीसम्मको तयारी गरिरहेका छन्।

अहिले पूर्वी भूमध्ये सागरमा ग्रीस र टर्कीबीच तनाव बढिरहेको छ। विवादित समुद्री क्षेत्रमा टर्कीले नयाँ ग्यास भण्डार भेटिएको दावी गरेपछि अवस्था जटिल बनेको हो। टर्कीले ग्यास भेटिएको भनिएको क्षेत्रमा ग्रीसले पनि आफ्नो दावी गरिरहेको छ। प्राकृतिक संशाधनलाई लिएर सुरु भएको सामान्य लाग्ने होड यतिखेर सैन्य कारबाहीको धम्कीसम्म पुगेको छ।   टर्की र ग्रीसबीच बढिरहेको तनाव कम गर्न जर्मनीले मध्यस्थता गरिरहेको छ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: