सुशान्त आत्महत्या प्रकरणः सोध्न थालियो प्रधानमन्त्री मोदीसँगको कनेक्सन !

अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा अब भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि कनेक्सनबारे प्रश्न उठ्न थालेका छन् । फिल्म निर्माता सन्दीप सिंह भाजपासँग निकै नजिक रहेको भन्दै महाराष्ट्रका कांग्रेस प्रवक्ता सचिन सावन्तले यो प्रश्न गर्न थालेका हुन् ।

उनले १ सेप्टेम्बर बाट २३ सेप्टेम्बर २०१९ मा सन्दीप सिंहले महाराष्ट्रको भाजपा कार्यालयमा ५३ पटक फोन गरेको दाबी गर्दै यसमा के कुरा भएको थियो भन्ने कुरा बाहिर आउनु पर्ने माग पनि गरेका छन् ।

सावन्तले मिडिया रिपोर्ट्सलाई उद्धृत गर्दै ड्रग्ससँगको सम्बन्धबारे बाहिर आएपछि सन्दीप लन्डन भाग्न सक्ने भन्दै भाजपाले यो जाँचलाई प्रभावकारी नबनाएको पनि आरोप लगाएका छन् ।

सन्दीपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक बनाएको भन्दै सन्दीप र मोदीको कनेक्सन पनि अब सुशान्त घटनामा जोडिएर आउनु पर्ने उनले माग गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: