नेपाल टेलिकमको नेटवर्कबाट यी वेबसाइट निःशूल्क रुपमा हेर्न सकिन्छ

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशूल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाँहा नहुन सक्छ । टेलिकमले २०७४ साल वैशाख १ गतेबाट नेपाल सरकारका वेबसाइटहरू मोबाइल डेटाबाट निःशूल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।

सरकारी सूचना र जानकारीमा सर्वसाधरणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरेको थियो । सेवा सुरु भएको तीन वर्षको अवधिमा झण्डै ६ सय वेबसाइट यसमा जोडिएका छन् ।

हालसम्म सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका करिब ६ सय वटा वेबसाइटलाई जीएसएम मोबाइल नेटवर्कमार्फत निःशूल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले हालसम्म निःशूल्क हेर्न सकिने व्यवस्था गरेका सरकारी वेबसाइटहरु यस्ता छन्ः

Leave a Reply

Back to top button
Close

Adblock Detected

%d bloggers like this: