लकडाउनमा पार्टी कमिटि गठन गर्ने नेकपा जुम्लाको विवाद उत्कर्षमा (तीन तत्थ्यसहित)

कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले शुरु गरेको लकडाउनको अवधीमा स्थानीय पार्टी कमिटिको एकिकरणको काम अघि बढाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाको विवाद चुलिएको छ ।

सरकारले गएको चैत ११ गते सरकारले जारी गरेको लकडाउन लगत्तै पार्टी केन्द्रका तर्फबाट अध्यक्षद्धय केपी शर्माओली र प’ष्पकमल दाहाल प्रचण्डले पार्टीका कुनैपनि गतिविधि अघि नबढाउन दिएको निर्देशन विपरित पार्टीका जिल्ला अध्यक्ष विरबहादुर कुँवर र सचिव तिर्थ बुढाले स्थानीय तहका पार्टीका कमिटिको एकिकरण गर्ने काम गरेपछि विवादले उग्र लिन आफू केन्द्रित रहेर जिल्लाका स्थानीय तहका पार्टी कमिटिको एकिकरणको कामको टुंगा लगाउने र आफू नजिकका व्यक्तिलाई पार्टीको जिम्मेवारी दिएपछि रुष्ट नेताहरले केन्द्रले जिल्ला कमिटि अध्यक्ष र सचिवले स्थानीय तहका पार्टी कमिटि निर्माण गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाको विवाद उत्कर्षमा पुगेको छ ।

चैत ११ गतेदेखि देशभर लागू भएको लकडाउन (बन्दाबन्दी)को अवधीमा अत्यावश्यक (स्वास्थ्य, प्रेस, खानेपानी, सुरक्षाकर्मी आदी) काम बोहका अन्य कुनैपनि औपचारिक काम गर्नबाट सरकारले नै रोक लगायो ।

सरकारी कामकाज समेत बन्द भएको अवस्थामा नेकपा जुम्लाका अध्यक्ष कुँवर र सचिव बुढाले कोठे बैठकबाट पार्टीको लेटरप्याड प्रयोग गरेर आफू निकटका व्यक्तीलाई जिम्मेपवारी दिएको भन्दै आक्रोस बनेका अन्य सबै जिल्लाका नेताहरु एक ठाउँमा उभिए पछि पार्टीको विवाद सतहमा आएको हो ।

कोरोना कहरले देश पुरै बन्दाबन्दीमा अवस्थामा रहेको बेला अध्यक्ष र सचिव कामरेडले कसैलाई जानकारी नदिएर जिल्लाका स्थानीय तहका कमिटि एकिकरण गर्ने काम गर्नु भएछ । प्रदेश कमिटि सदस्य तथा पुर्वमन्त्री बलबहादुर महतले भने, पार्टीको जिम्मेवारी दिने काममा पनि आफू निकट र सम्पर्कमा रहेका व्यक्तिलाई मात्र जिम्मेवारी दिने उहाँहरुको काम कुनैपनि हालतमा जिल्ला पार्टीको निती र हितमा नभएपछि हामीले बिरोध गरेका हौं ।

पार्टीको कर्णाली प्रदेश कमिटिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने १४ जनामध्ये अध्यक्ष र सचिव बाहेकका अन्य सबै १२ जना नैं उक्त कामको बिरुद्धमा भएको उल्लेख गरेका प्रदेश कमिटि सदस्य कुसेन्द्रबहादुर महतले बन्दाबन्दीमा सुटुक्क गरेका कामलाई सच्याउन प्रदेश पार्टीले पटकपटक निर्देशन दिंदा समेत अध्यक्ष र सचिवले नमाने पछि आफूहरुले बाध्य भएर खुलेर बिरोध गर्ने, केन्द्र पार्टी र संगठन विभागसँग गुहार माग्नु परेको बताए ।

बन्दाबन्दीमा कुनै काम भन्दा घरबाट बाहिर निस्कन समेत बन्देज थियो पार्टी त के सरकारी कामपनि ठप्प भएको बेला अध्यक्ष र सचिवले मनपरी गरेर स्थानीय तह, निर्वाचन क्षेत्रीय कमिटि निर्माण गर्ने काम गनुभयो । जुन काम नेकपाको नीति र माथिल्ला पार्टी कमिटिको निर्देशन बिपरित छ । प्रदेश कमिटि सदस्य डा. महतले भने, पार्टी प्रदेश र केन्द्रले निर्देशन विपरित मनोमानी रुपमा निर्माण गरेका कमिटिलाई मान्यता नदिने जानकारी पटकपटक गराउँदा पनि जिल्ला अध्यक्ष र सचिवले नमानेपछि विवाद थप उत्कर्षमा पुगेको हो ।

प्रदेश कमिटिका सदस्य, बलबहादुर महत, शान्तिलाल महत, धिरेन्द्रराज गिरी, गोर्ख पछाई, नवराज न्यौपाने, डा. कुशेन्द्रबहादुर महत, टेकबहादुर पछाई, चुक्की शाही, लक्ष्मीकन्या बुढा र मेनका पछाईले अध्यक्ष र सचिवको एकल निर्णयको बिरोध गरेका हुन् । सम्बन्धित जिल्लाका स्थानीय तहको पार्टी कमिटि निर्माणमा जिल्लाका पार्टी इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटि सदस्यहरुसँगको परामर्श र सल्लाहमा हुनु पर्ने पार्टी केन्द्र प्रदेशको परिपत्रलाई बेवास्ता गरेर जिल्ला अध्यक्ष कुँवर र सचिव महतले मनोमानी गरेको आरोप जिल्लाका अन्य नेताहरुले लगाएका छन् ।

उजुरीको क्रम केन्द्र पुग्यो

जिल्ला अध्यक्ष कुँवर र सचिव बुढाले पार्टी कमिटि निर्माणमा गरेको मनपरी नसच्चिए पछि जिल्लाबाट प्रतिनिधित्य गर्ने प्रदेश कमिटि सदस्यहरुले प्रदेश पार्टी र केन्द्र पार्टीमा लिखित उजुरी गरेका छन् ।

पार्टी केन्द्रको विषेश परिपभत्र ९ र प्रदेशले जारी गरेको अन्तरपार्टी निर्देशन १ र २ विपरित पार्टीका कमिटि निर्माण गर्ने र जिम्मेवारी दिने काम गरेपछि जिल्लाका असन्तुष्ट नेताहरुले अध्यक्ष र सचिवले गरेका कामलाई रोक्न माग गर्दै प्रदेश कमिटि, केन्द्रिय कमिटि र संगठन विभागमा लिखितै उजुरी दिएका हुन् ।

पार्टीका स्थानीय कमिटि गठनमा आफूलाई अध्यक्ष र सचिवले कुनै जानकारी नदिएपछि हामीले पटकपटक मौखिक रुपमा त्यसो नगर्न उहाँहरुको ध्यानाकर्षण गरायौं । प्रदेश कमिटि सदस्य महतले भने, अध्यक्ष र सचिवले आफूहरुको आग्रह नमाने पछि बाध्य भएर माथिल्ला कमिटिहरुमा जाहेरी गर्ने काम भएको हो । उनका अनुसार असन्तुष्ट नेतहरुकोतर्फबाट बाँकी रहेको एकता प्रक्रियालाई व्यवस्थित एवम् वैज्ञानीक बनाउन ढंगले टुंग्याउन पूर्व नेकपा (एमाले) को तर्फबाट गएको जेठ ९ मा माथिल्ला कमिटिमा मौखिक रुपमा ध्यानाकर्षण गरायौं । प्रदेश कमिटि सदस्य मेनुका पछाईले थपिन्, मौखिक रुपमा ध्यानाकर्षण गराएकोले खासै काम नभएपछि पार्टीका दुवै पक्ष (एमाले र माओवादी)का तर्फबाट गएको जेठ १६ मा लिखित रुपमै असहमती पत्र नै दर्ता गर्यौ ।

जिल्लाकै नेताहरुको लिखित जानकारी पश्चात प्रदेश पार्टीले जेठ १९ गते जिल्ला कमिटिका नाममा निर्देशनात्मक पत्र काटेको थियो ।

प्रदेश कमिटिमा प्रतिनिधित्व गर्ने प्राय अध्यक्ष र सचिव बाहेक) सदस्यहरुको लिखित र मौखिक उजुरी परेपछि कर्णाली प्रदेश कमिटिले जेठ १९ गते जिल्ला कमिटि जुम्लाको नाममा काटेको औपचरिक पत्रमा पार्टीका स्थानीय तहका कमिटिको एकता प्रक्रियाको टुंगो लगाउने जिल्लाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएको थियो ।

उक्त निर्देशन पश्चात पनि अध्यक्ष कुँवर र सचिव बुढाले आप्mना गतिविधि नरोकेपछि अन्य दश जना प्रदेश कमिटि सदस्यले अध्यक्ष र सचिवको बिरोधमा गएको बिहिबार जिल्लामा पत्रकार सममेलनको आयोजना गरेरै बिरोधमा उत्रिए ।

त्यसयता समेत अध्यक्ष कुँवर र सचिव बुढाले पार्टीको लेटर प्याडको दुरुपयोग गर्दै विभिन्न व्यक्तीलाई जिम्मेवारी दिने काम भएको भन्दै विरोधमा उत्रिएका प्रदेश कमिटि सदस्हरुले पार्टी हेडक्वाटर र संगठन विभागलाई समेत गुहार माग्न पुगेका छन् ।

पार्टी निति विपरित अध्यक्ष र सचिवका तीन तत्थ्य

तत्थ्य एकः विश्वकै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई बढन् नदिन सरकारले गएको चैत ११ गते लकडाउन (बन्दाबन्दी) गर्यो । त्यस अवधीमा कुनै सांगठनिक काम नगर्न नगराउन भन्दै केन्द्रकातर्फबाट पार्टी अध्यक्षद्धय केपी शर्माओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर विषेश निर्देशन जारी गरे तर त्यही अवधीमा नेकपा जुम्ला अध्यक्ष र सचिवले स्थानीय तहका कमिटिको एकिकरण गर्ने काम गरे । जो पार्टीको नितिी र निर्देशन विपरित छ ।

तत्थ्य दुईः नेकपा कर्णाली प्रदेश कमिटिले जारी गरेको अन्तर पार्टी निर्देशन १ र २ ले जिल्ला र मातहतका भूगोलका पार्टी कमिटिलाई एकिकरण प्रक्रियाको टुंगो लगाउँदा सम्बन्धित भूगोलमा भएका क्रियासिल केन्द्रिय सदस्य, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि अध्यक्ष र सचिवको समन्वयमा जिल्ला कमिटि मातहतका सम्पूर्ण एकता प्रक्रिया टुंग्याएर व्यवस्थित गर्ने निर्णय गर्यो । सोही अनुसार स्थानीय कमिटिको काम टुंग्योन दशवटै जिल्लामा परिपत्र गर्यो र सोही अनुसार अन्य जिल्लाका काम सम्पन्न भए तर जुम्ला अध्यक्ष कुँवर र सचिव बुढाले उक्त निर्देश्न विपरित कसैलाई जानकारी नदिएर आफूखुशी स्थानीय तह, निर्वाचन क्षेत्र समन्वय कमिटि निर्माण गर्ने काम गरे ।

तत्थ्य तीनः पार्टी एकिकरणको कामलाई स्थानीय स्तरसम्म पुर्याउने केन्द्र र प्रदेशको निर्देशन अनुसार गएको फागुन २२ गते जिल्ला कमिटिको दोस्रो बैठक बस्यो । बैठकले जिल्लाका इन्जार्च, सहइन्चार्ज, जिल्लाबाट प्रतिनिधत्व गर्ने प्रदेश कमिटि सदस्य, जिल्ला अध्यक्ष, सचिवको सल्लाहमा जिल्ला कमिटि अन्तरग रहेका कमिटिहरुको एकता प्रक्रियाको टुंगो लगाउने मौखिक निर्णय गरेको थियो । तर त्यसैलाई आधार बानाएर अध्यक्ष र सचिवले सुटुक्क स्थानीय तहका पार्टीका कमिटि निर्माण गर्ने र जिम्मेवारी दिने काम गरे ।

पार्टीका जिल्ला अध्यक्ष र सचिवको कामप्रति असन्तुष्ट जनाउँदै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटि सदस्यले जुम्लामा गएको बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई वितरण गरेको प्रेस वक्तव्य ।

 

पार्टीका जिल्ला अध्यक्ष र सचिवको कामप्रति असन्तुष्ट जनाउँदै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटि सदस्यले जुम्लामा गएको बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई वितरण गरेको प्रेस वक्तव्य ।

Leave a Reply

Back to top button
Close

Adblock Detected

%d bloggers like this: