रोजगारी सृजना गर्नका नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा

सरकारले थप रोजगारी सृजना गर्नका लागि प्रत्येक बाणिज्य बैंक र विकास बैंकका शाखाबाट सहुलियत ऋण दिने भएको छ ।

सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिए ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै देशभरी रहेको बाणिज्य बैंकका प्रत्येक शाखाबाट कम्तिमा १० जनालाई र विकास बैंकका शाखाबाट कम्तिमा पाँच जनालाई सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गरिने बताउनुभएको हो । यससम्बन्धी थप व्यवस्था नेपाल राष्ट्र बैंकमार्फत हुनेछ ।

यस्तै साना किसान कर्जामार्फत थप ४० हजार रोजगारी सृजना गर्ने र युवा स्वारोजगार कार्यक्रम र स्वरोजगार कर्जामार्फत थप १२ हजार युवाले रोजगारी पाउने पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

साथै सरकारले अब बैदेशिक रोजगार प्रबर्द्र्धन कोषमा रहेको रकम श्रमिकको कल्याणकारी कामसँगै रोजगारी पुनःस्थापना गर्ने कामका समेत लगाइने भएको छ । यसअघि कोषको रकम श्रमिको कल्याणकारी कामका लागि खर्च हुँदै आएको थियो ।

Leave a Reply

Back to top button
Close

Adblock Detected

%d bloggers like this: