ट्रम्पको क्रुर स्वीकृति पाएर कोरानाले इरानीहरूलाई मारिरहेछ

संसार भाग्य र दूर्भाग्यको चक्र रहेछ । नत्र अमेरिकाजस्तो सभ्य लोकतान्त्रिक मुलुकमा ट्रम्पजस्तो सनकी शासकको उदय किन हुनुपर्थ्यो ? सायद सृष्टिलाई ट्रम्पमार्फत् दुर्भाग्यको चक्र पूरा गर्नु थियो ।

अमेरिकी सरकार अहिले मनोरोगीद्वारा सञ्चालित छ । अन्यथा, विश्वव्यापी कोरोना संकटबीच सर्वसाधारणा इरानीप्रतिको अमेरिकी सरकारको बेवास्तालाई कसरी विश्लेषण गर्ने ? एक इस्लामिक गणतन्त्र यो स्तरको पीडा र तवाहीबीच हुँदा आर्थिक घेराबन्दीलाई अझ बलियो बनाउने अमेरिकी निर्णयलाई कसरी बुझ्ने ?

जाहेर छ– कोरोना संक्रमण इरानीहरुको लागि एक महाविपत्ती हो । गत सोमबार एकै दिनमा १२९ इरानी मरे । इरानी सरकार भन्न बाध्य भयो– यो मध्यपूर्वमा कोरोना फैलिए यताकै सबैभन्दा बढी मृत्यु भएको दिन हो ।

सर्वसाधारण मात्र हैन, दर्जनौं सरकारी अधिकारी, सांसद र धार्मिक नेताहरुले कोरोनाबाट जीवन गुमाइसकेका छन् । यो लेख तयार गर्दासम्म इरानमा कोरानाबाट मर्नेको संख्या ९८८ पुगेको छ र करिब १६ हजार मानिस संक्रमित छन् । मध्यपूर्वका प्रति १० घटनामध्ये ९ इरानमा भइरहेको छ । विश्वव्यापीरुपमा चीन र इटालीपछि इरान ठूलो संक्रमणको मारमा छ । अझ कतिपयको भनाईमा यो औपचारिक तथ्यांक मात्र हो । अनौपचारिक घटनाको तथ्यांक झनै धेरै हुन सक्दछ ।

यो प्रष्ट गरौं कि यी मृत्युहरुको पहिलो जिम्मेवार स्वयम् इरानी सरकार नै हो । इरानी सरकारले बोलेको झुठ बोल्दै भनेको थियो, ‘इरानी सरकार संकटको गम्भीरतालाई अस्वीकार गर्दछ ।’ यो एक ठूलो बेइमानी र बिडम्बना थियो । इरानी डाक्टरहरु कमरश र अलाईले इरान ठूलो संक्रमणको सम्भावित जोखिममा छ भनेर न्यूओर्क टाइम्समा लेखेका थिए । तर सर्वोच्च नेताले नै ‘शत्रुहरुले कोरोना भाइरसको जोखिमलाई अतिरन्जित गरेको’ आरोप लगाए ।

मेहन्दी हसन

यद्यपि अमेरिकी आर्थिक घेराबन्दीको कारण इरानी अर्थतन्त्रमा गम्भीर असर परेको थियो । इरानको अवस्था अहिले धेरै कोणबाट खराब छ । इरानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ५ बिलियन डलरको ऋण मागिरहेको छ । यसका लागि इरानी राष्ट्रपति हसन रुहानीले बारम्बार अन्तर्राष्ट्रिय नेताहरुलाई भनसुनको लागि चिट्ठी लेखिरहेका छन् । उनले विश्वलाई यो बुझाउने प्रयत्न गरिरहेका छन् कि अमेरिकी घेराबन्दीले तहसनहस भएको एउटा राष्ट्र कोरोनाजस्ता गम्भीर संकटसंग कसरी जुध्न सक्दछ ?

विदेशमन्त्री जावेद जाफरीले अमेरिकामाथि इरानमा ‘चिकित्सकीय आतंकवाद’ फैलाएको आरोप लगाएका छन् ।

ट्रम्प प्रशासनको कोषाध्यक्ष स्टिभ मिन्यूचिन बारम्बार दोहोर्‍याउँनछ कि अमेरिकाले इरानमा मानवीय सहायतामाथि कुनै प्रतिबन्ध लगाएको छैन । यो कुरा प्राविधिक रुपमा सही नै होला । सन् २०१९ को अक्टोबरमा कोरोना फैलिनु अघिको एक प्रतिवेदनमा ह्युमान राइट्स बाचले ‘अमेरिकाले प्रतिबन्धका मानवीय पक्षहरुमा खुकुलो पारेको’ उल्लेख गरेको छ । त्यो मानव अधिकार संस्थाले अगाडि भनेको छ- ‘इरानीहरुलाई आधारभूत स्वास्थ्य सेवाको अधिकार र औषधिको पहुँचबाट बाहिर राख्नु उनीहरुको स्वास्थ्यसँग जोडिएको मौलिक अधिकार हनन गर्नु हो ।’

तर वास्तविकता भने फरक छ । सन् २०१९ मेको प्रतिवेदनमा एटलान्टिक परिषदले भनेको छ- ‘अमेरिकाले मानवीय क्षेत्रहरुमा प्रतिबद्ध नभएको भनेता पनि केही अमेरिकी र युरोपेली कम्पनीहरुलाई इरानमा सीमित औधषीहरु मात्र आपूर्ति गर्न भित्रभित्रै बाध्य बनाएको छ ।’ यसले गर्दा तहेरानसँग व्यापार सम्बन्धमा रहेका अन्य कम्पनीहरु पनि डराएका छन् ।

यो कुनै आश्चर्यको कुरा हैन कि इरानमा औधषी, माक्स, सरसफाई संयन्त्र, सर्किकल गाउन वा भेन्टिलेटरहरु आपूर्ती गरिरहेका कम्पनीहरु किन बारम्बार आफ्नो मौज्जाद सकिएको उत्तर दिन्छन् । वा इरानी सरकारलाई इन्टीभाइरल औषधि बनाउने कच्चा पदार्थ आयात गर्न किन हम्मेहम्मे परिरहेको छ ?

फेब्रुअरीको अन्त्यतिर ट्रम्प प्रशासनले स्वीज सरकारको सहयोगमा केही मानवीय सहायताका चिकित्सकीय वस्तुहरु इरान पठाउन सहमति दिएको थियो । तर यस प्रकारका सहमतिहरु छिटो र थोरै मात्र नभएर लामो जान जरुरी छ । जस्तो कि क्यापिटल हिलका एक उदार र प्रगतिशील सोचका अधिकारी इल्हान ओमरले पछिल्लो हप्ता ट्वीट गरेकी थिइन्, ‘धेरै ज्यान गुम्नु अगाडि नै इरानमाथिको प्रतिबन्ध हटाउन जरुरी छ ।’

उनले ठीक भनेकी हुन् । त्यसको प्रमाण छ । जब सन् २००३ को डिसम्बरमा इरानको दक्षिण पूर्वी शहर वाममा ठूलो भूकम्प गयो, त्यहाँ २६ हजार मानिस मरे । तर बुस प्रशासनले प्रतिबन्धलाई तुरुन्तै अल्पकालीन निलम्बन गरेको थियो ।

पत्रकार नेगर मोर्ताजका अनुसार सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक अमेरिकी बिमानहरु इरान उत्रेका थिए । करिब १, ५०, ००० पाउण्डको मेडिकल सप्लाई छोडेको थियो । करिब २०० नागरिक स्वास्थ्यकर्मीहरु वोस्टन, लसएन्जलस र भर्जिनियाबाट आएका थिए । उनीहरुले आपतकालीन स्वास्थ्य सेवा, शल्यचिकित्सा र रहात तथा उद्धारको समन्वय गर्न ठूलो मद्धत गरेका थिएन ।

ट्रम्प प्रशासन भने आफ्नो धारणा परिवर्तन गर्न समेत इन्कार गरिरहेको छ । ट्रम्पको यतिधेरै क्रुर र अव्यवहारिक कार्यले उनलाई जर्ज बुस र डिक चेन्नीसँग तुलना गर्नु पर्ने कल्पना पनि आउँदैन ।

सोमबार चीन र रुसी सरकारले अमेरिकासंग इरानमाथिको प्रतिबन्ध हटाउन माग गरेका छन् । चिनियाँ विशेद मन्त्रालयले संयुक्त राष्ट्र संघ र अन्य मानवीय सहयोग एजेन्सीहरुले काम गर्ने वातावरण बनाउन इरानमाथिको प्रतिबन्ध अमेरिकाले हटाउनु उचित हुने बताएको छ । रुसी सरकारले अमेरिकालाई ‘ प्रायोजित र कुनियतवंश इरानी नागरिकलाई औषधी खरिद गर्ने अधिकारबाट बञ्चित गरेको’ आरोप लगाएको छ । तर अझै ट्रम्पको घमण्ड उस्तै छ । अब हामी अमेरिकालाई नैतिक दृष्टिकोणबाट चीन र रुससँग कसरी तुलना गर्न सक्दछौं ?

सन् २०१८ यता अमेरिकाले इरानमाथि लगाएको एकपक्षीय प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन संगत छैन । यो प्रतिबन्ध न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट अनुमोदित छ न मानव अधिकार उल्लघंन रापोर्टरहरुको सिफारिसमा आधारित छ । यो इरानी जनतालाई आर्थिक आक्रमण गर्ने अनैतिक कार्यबाहेक केही हैन ।

निश्चय नै अमेरिकाका यी कदमहरु कुनै दिन इस्लामिक गणतन्त्रमाथि आक्रमण गर्ने मनसायले प्रेरित छन् । जस्तो पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनले आइतवार मात्र भने, ‘इरानसँग अमेरिकाले फेरि एउटा युद्ध गर्न आवश्यक छ ।’ जस्तो कि अर्का इली क्लिप्टोनले भनेका छन्,  ‘अमेरिकाले औधषी कम्पनीहरुलाई इरानसंगको व्यापार सम्बन्ध तोड्न दबाब दिन जरुरी छ ।’

यस्ता मनोरोगी शासकहरुको अरु के उद्देश्य होला ? उनीहरुको एउटै उद्देश्य हो कि इरानी सर्वसाधारणहरु कोराना भाइरसले मरेर सकिऊन् । तर इरानले अब संयुक्त राष्ट्र संघ अगाडि गएर भन्नै पर्छ, ‘के यो व्यवहार जेनोसाइड (जातिहत्या ) हैन ?’ सन् १९९० को दशकमा अमेरिकी प्रतिबन्धको कारण हज्जारौं बालबालिका मरेका थिए । त्यतिखेर पनि धेरै मानवतावादी राष्ट्र संघीय अधिकारीहरुले त्यसको निन्दा गरेका थिए ।

सामान्य अमेरिकीहरु जब प्रेस्क्रिप्सन बोकेर औधषी पसल सामु लाइन लागिरहेको हुन्छन् सायद उनीहरुलाई थाहा छैन कि उनीहरुको सरकारले इरानी सर्वसाधारणलाई त्यो अधिकारबाट वञ्चित गरेको छ । इरानमा कोरोनाको प्रकोप जति बढ्दैछ, अमेरिकी प्रतिबन्ध उत्तिकै कस्सिदै छ, के सर्वसाधारण अमेरिकीले यसलाई उचित ठान्लान् ?

निश्चय नै मान्ने छैनन् तर इरानी सर्वसाधारणका क्रन्दनहरु अमेरिकी सर्वसाधारणसम्म नपुगिरहेका हुन सक्दछन् ।

(हसन द इन्टरसेप्टका स्तम्भकार तथा अल जजिराका टिभी प्रस्तोता हुन्)

कभर तस्बिर: बेहेशे मासूमेह चिहानमा आयोजित एक अन्तिम संस्कारको क्रममा कोरोना भाइरसबाट ज्यान गुमाएकाहरुप्रति शोकसहित प्रार्थना गर्दै एक महिला ।

Photo: Fatemah Bahrami/Anadolu Agency

Leave a Reply

Back to top button
Close

Adblock Detected

%d bloggers like this: