
स्याङ्जा । दक्षिण एसियाकै पहिलो द बाबु एड्भेन्चर प्याराग्लाइडिङ स्कुलका सञ्चालक सानोबाबु सुनुवारका छोरा १० वर्षीय हिमालय सुनुवारले प्याराग्लाइडिङ् उडाएका छन् । बाबुबाट उडान भर्न सिकेका उनले मंसिर २० गते पहिलो उडान गरेका हुन् ।
सञ्चालक सुनुवारले सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङ गरेको प्रेरणाबाट प्रभावित उनका छोरा हिमालय सुनुवार सानै उमेर देखि आकाशमा उड्ने रहर भएपछि छोरा हिमालयको इच्छा पुरा गराउन बुबा सानोबाबुले छोरालाई अकाशमा उडान भर्न सिकाउदै छन् ।

दश वर्षीय हिमालयन सुनुवार उडान भर्नु अगाडी
रमणिय पर्यटकीय गन्तव्यको रुपमा परिचित स्याङ्जाको स्वरेकस्थित दक्षिण एसियाकै प्याराग्लाइडिङ् स्कुलमा दैनिक सयौँको संख्यामा प्याराग्लाइडिङ् सिक्नेहरुको ताँतिले पनि १० वर्षीय हिमालय सुनुवारलाई आकाशमा उड्ने साहस जुटेको हो ।
द बाबु एडभेन्चर प्याराग्लाइडिङ् स्कुल (दक्षिण एसिकाकै पहिलो प्याराग्लाइडिङ् स्कुल) तस्वीर – बाबु एडभेनुचरको फेसबुक पेज वालबाट
त्यसो त ! उनका बुबा सानोबाबु सुनुवार सन् २०१२ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोदेखि प्याराग्लाइडिङ गरेर समुन्द्र तटसम्म पुगेर नेशनल जियोग्राफी साहसिक हिरो अफ द इयरबाट सम्मानीत भईसकेका छन् । द बाबु एड्भेन्चरका सञ्चालक सुनुवार प्याराग्लाईडिङ प्रशिक्षकसमेत हुन् । उनको परिवारमा आमा र दाईले पनि प्याराग्लाइडिङ्गर्दै आईरहेका छन् ।
यसरी पारिवारीक प्रेरणाका कारण १० वर्षिया हिमालयन सुनुवार बुबा जस्तै सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य राखेका बताउँछन् ।