सोमबार बाँकेमा थप २२ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ४५१० पुग्यो

२०७७ पुष २७, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ५ सय १० पुगेको छ

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशालामा पिसिआर परिक्षण गर्दा ११ महिला र ११ पुरुष गरि थप २२ जनामा संक्रमण पुष्टी भएको हो ।

भेरी अस्पताल प्रयोगशालामा १७ जना, बागेश्वरी प्रयोगशालामा १ जना र नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा गरिएको पिसिआर परिक्षण २ जना गरि २२ जनामा संक्रमण पुष्टी भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले हाम्रो पुस्तालाई जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप ७ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसंगै बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार ३ सय ५४ पुगेको छ ।No description available.

फोकल पर्सन वलीका अनुसार जिल्लामा रहेका २ वटा कोरोना विशेष अस्पतालमा उपचाररत १४ जना संक्रमितको अवस्था सिकिस्त रहेको छ भने हालसम्म कोरोनाबाट ४८ जनाको मृत्यु भइसकेको छ।जिल्लामा हाल संक्रिय संक्रमितको संख्या १ सय ८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page