विदेशी मदिरा आयातको प्रतिवन्ध फुकुवा

२०७७ आश्विन २५, आईतवार
पढ्ने समय : < 1 मिनेट

२५ असोज, काठमाडौं । सरकारले विदेशी मदिरा आयातमा लगाएको बन्देज फुकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आयात खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

कोरोनाकाकारण विदेशी मुद्राको सञ्चतीमा असर पर्न सक्ने भन्दै २०७६ चैत १६ गते सरकारले विदेशी मदिरा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

भन्सार विभागकाअनुसार नेपालमा वार्षिक २ अर्ब भन्दा बढीको विदेशी मदिरा औपचारिक माध्यमबाट भित्रिन्छ ।

हेर्नुहोस् मन्त्रिपरिषदको निर्णयहरु

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page