लालिघाट दुर्घटनाका पीडितलाई अमेरिकाबाट घिमिरेकाे सहयाेग

२०७७ असार २, मंगलवार
पढ्ने समय : < 1 मिनेट
 कालिकाेटकाे लालिघाटमा भएकाे टिप्पर दुर्घटनाका पीडित परिवारहरुलाई अमेरिकाबाट साेमनाथ घिमिरेरले सहयाेग गरेका छन् । लालिघाट टिप्पर दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका परिवारहरुलाई मानवियताका हिसाबले गिरिजाप्रसाद काेईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेले राहत स्वरुप ५० हजार सहयाेग गरेका हुन ।
गत जेठ 28 गते भारतबाट फर्केका मानिसहरुलाई क्वारेन्टाईनमा लिन लागिएकाे टिप्पर दुर्घटनामा ज्यान गुमाएका चार जना, वेपत्ता 1 जना र ११ जना घाईते भएका थिए । ती सबै पीडित परिवारकाे दुखमा साथ दिन नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीकाे पहलमा समाजसेवी घिमिरेर सहयाेग गरेका हुन । लामाे समयदेखी अमेरिकामा बस्दै अाएका समाजसेवी घिमिरेले भारतमा मजदुरी गरि घर फर्किएका नागरिकहरु दुर्घटनामा परेर ठुलाे क्षेती भएकाले अाफुले उनीहरुकाे पीडामा सहभागी हुन थाेरै भएपनि सहयाेग गरेकाे बताए । उनले भने, लालिघाट टिप्पर दुर्घटनाले भारतमा मजदुरी गरेर परिवार पाल्ने मान्छेकाे ज्यान गयाे ।
भारतमा रगत पसिना बगाएर कमाएकाे मजदुरकाे कमाई पनि टिप्परसँगै कर्णालीमा बग्याे । लालिघाट दुर्घटनामा ज्यान गुमाउने मृतक प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनहरुमा गहिराे समवेदना व्यक्त गर्दछु । यस विपदकाे घटीमा सबैले उनीहरुलाई सक्दाे सहयाेग गर्न अपिल पनि गर्दछु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page