रामचन्द्र पौडेल अस्वस्थ, कांग्रेस पदाधिकारी बैठक स्थगित

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएसँगै आजको बैठक स्थगित गरिएको कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । त्यस्तै अर्को बैठक भोलि बस्ने उनले बताए ।

“वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि आजको बैठक स्थगित गरिएको हो । अर्को बैठक सम्भवत भोलि बस्नेछ ।” उनले भने ।

त्यस्तै आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनका विषयमा कुरा हुने बताइएको थियो । यद्यपी बैठक स्थगित भएसँगै भोलि त्यहि विषयमा छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page