राजस्व विभागद्वारा कामना सेवा बैंकलाई सम्मान

२०७७ मंसिर ९, मंगलवार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डौं(हास)– कामना सेवा विकास बैंकलाई राजस्व विभागले आर्थिक वर्ष ०७६/०७७ मामध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मान प्रदान गरेको छ ।
आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप सम्मान गर्ने क्रममा आर्थिक वर्ष ०७६/०७७ को कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा मगंलबार कामना बैंकलाई सम्मान प्रदान गरेको हो ।
यसअघि आ.व. ०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
राज्यप्रतिको जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्रको निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्यसहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढि हौसला प्रदान गर्ने र आगामी दिनमा एक अब्वल विकास बैंक बन्नमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page