मुस्ताङ् मा ग्लोबल बैंकको नयाँ शाखा विस्तार

२०७७ मंसिर ७, आईतवार
पढ्ने समय : < 1 मिनेट

 

मुस्ताङ– ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्मा आफ्नो नयाँ शाखा विस्तार गरी सञ्चालन गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा आइतबारदेखि बैंकले २६४औ नयाँ शाखा विस्तार गरी सञ्चालन गरेको हो ।
नयाँ शाखा सञ्चालनमा आएसँगै ७३ जिल्लामा बैंकिङ सेवा उपलब्ध भएको बैंकले जनाएको छ । विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले दाबी गरेको छ । ग्लोबल बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page