माछापुच्छ«्रे बैंक र भेटनरी संघबीच सम्झौता

२०७७ मंसिर ११, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डौं – माछापुच्छ«्रे बैंक लिमिटेड र नेपाल भेटनरी संघबीच सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्पूर्ण शाखा सञ्जालबाट संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धमा बुधबार बैंकले सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठ र माछापुच्छ«े बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका हुन् ।
नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकको दाबी छ । बैंकका अनुसार पुर्वपश्चिम, हिमाल, पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन् काउन्टर समेत गरी जम्मा २ सय ९८ स्थानमा सेवा सञ्जाल तथा १ सय ९८ वटा एटीएमहरु र १ हजार भन्दा बढी पिओएसमार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ सुविधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page