मप विश्वविद्यालयमा ‘स्कूल अफ ल’काे प्रवेश परीक्षामा भनसुनका आधारमा नतिजा प्रकाशनको आरोप

२०७७ फाल्गुन २४, सोमबार
पढ्ने समय : 2 मिनेट

सुर्खेत  । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संचालन गरेको ‘स्कूल अफ ल’ मा कानून विषय अध्ययनका लागि प्रवेश परीक्षामा भनसुनको आधारमा रिजल्ट प्रकाशित गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयले ‘स्कूल अफ ल’ विए. एलएल.वि. का लागि २०७७/०७८ को फागुन १७, १८ र १९ गते लगिएको प्रवेश परीक्षामा विश्वविद्यालयका निर्देशक प्राध्यापक उपप्राध्याकहरु मिलेर एउटा नीजि विद्यालयका परीक्षार्थीलाई पास गरिएको थियो ।
प्रवेश परीक्षाको प्रश्नपत्र निर्माण गर्ने,अन्र्तावार्ता लिने र परीक्षा नतिजा प्रकाशनमासमेत तिनै उपप्राध्यापकहरुको लिएको अन्य विद्यार्थीको कसै नाम ननिकालेर एउटा मात्रै स्कुलमा पढ्ने विद्यार्थीको प्रवेश परीक्षामा नाम निकालिएको भन्दै अन्य विद्यार्थीले बिरोध गरेका छन् ।
आफू नजिकका ठानिने र पहुँचवालाहरुको फोनका आधारमा प्रवेश परीक्षामा सामेल भएका विद्यार्थीहरुलाई मात्र उर्तीर्ण गराउँदा सुर्खेत बाहिरबाट आएका करिब १०० जनाभन्दा बढी विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संचालन गरेको स्कूल अफ ल मा कानून विषय अध्ययनका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको रिजल्ट गर्ने क्रममा ‘हेलो इफेक्ट’ अर्थात चिनजान र भनसुनका आधारमा रिजल्ट प्रकाशित गर्दा अन्य विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको विद्यार्थी प्रकाश उपाध्यायले बताए । ‘हामी कानून पढ्नका लागि आएका हौं ।’ उनले भने,‘तर, हाम्रो भविष्य माथि नै खेलवाड भएको छ । विश्वविद्यालयले सबैलाई समान रुपमा हेर्नु पर्नेमा त्यसो नगरेको कारण आफूले कानून पढ्ने योजना अधुरै रहने छ ।’
विश्वविद्यालयका उपप्रध्यापकहरु विभिन्न निजि कलेजहरुमा पढाउने र सोही व्यक्ति विए एलएलविको प्रवेश परीक्षाको प्रश्नपत्र निर्माण गर्ने अनि अन्र्तावार्तादेखि रिजल्ट प्रकाशनमा समेत तिनै उपप्राध्यापकहरुको संलग्नता भएकाले यस्तो स्थितिको सिर्जना भएको विद्यार्थी निशा शाहीले बताइन् । ‘प्रवेश परीक्षाको रिजल्ट भइसकेपछि प्रश्नपत्र निर्माणदेखि रिजल्ट प्रकाशन गरेका छन् ।’ उनले भनिन्,‘४५ जनाका लागि लगिएको परीक्षामा एउटै स्कुलबाट कानुनमा प्लसटु पास गरेका विद्यार्थीलाई मात्र नाम निकालिएको छ ।’
प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्र रुपमा परीक्षा दिएका परीक्षार्थीहरुले उक्त परीक्षा रद्द गरी पुनः विषय विशेषज्ञहरुको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदन समेत दर्ता गरेको विद्यार्थी रश्मी शाहीले बताइन् ।
विश्वविद्यालयका रजिष्टार डा. नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका बारेमा आएका विद्यार्थीका गुनासाहरु अध्ययन भइरहेको बताए । ‘विद्यार्थीहरुले भने अनुसार कमजोरी भएको देखिँदैन ।’ उनले भने,‘तर, एउटा संस्थामा आरोप लागेपछि छानविन गर्ने पर्छ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन संकायका सम्पुर्ण सह–प्राध्यापक कार्यक्रम निर्देशकसहित तिनै जना उप–प्राध्यापकहरुले राजिनामा दिएका छन् । विए.एलएल.वि. प्रवेश परीक्षाका बिषयमा प्रश्न उठेपछि कानुन अफ ल संकायका निर्देशक अर्जुन ऐडी, उप–प्राध्यापक सुजन पन्त, महेशकुमार शाही, र सुजता मानन्धरले राजिनामा दिएका हुन् ।
प्रवेश परीक्षाको लिखित तथा मौखिक नतिजा प्रकाशनका बिषयमा सम्बन्धमा विश्वविद्यालयका उपकुलपति तथा रजिष्ट्ररले अनाश्वयक रुपमा यस प्रक्रियामा संग्लन हामीहरुलाई केहिको व्यक्तिगतहरु पेशागत स्वार्थ अनुसार नभएको आरोप लगाई बारम्बार पदिय मर्यादा र नैतिकता, दक्षता माथी प्रश्न चिन्ह खडा हुनुले यो परिस्थिती सिर्जना भएकाले र राजिनामा दिएको बताएका छन् ।

स्रोत अनुसार विश्वविद्यालय कानुन अफ ल अध्यापन गराउने उप–प्राध्यापक उप–प्राध्यापक सुजन पन्त, महेशकुमार शाही, र सुजता मानन्धर सुर्खेतको वीरेन्द्रनगरस्थित प्लस टुमा कानुन पढाइरहेको सिद्धपाइला इगलिस बोडिङ्ग स्कुलमा अध्यायपन गराउने गरेका छन् ।
विश्वविद्यालयको विए.एलएल.वि. प्रवेश परीक्षाका त्यही सिद्धपाइला बोडिङ्ग स्कुलका अध्यायन गरेका विद्यार्थीको नतिजा प्रकाशन गरिएको भन्दै अन्य विद्यार्थीले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page