बुधबार बाँकेमा थप ३ जनामा संक्रमण पुष्टी, २ संक्रमित डिस्चार्ज

२०७७ फाल्गुन १२, बुधबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जनामा संक्रमण पुष्टी भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ६७ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा २ जना र मेडिकल कलेज कोहलपुर् प्रयोगशालामा १ जना गरि ३ जना महिलालाई संक्रमण पुष्टी भएको हो ।

फोकल पर्सन वलीका अनुसार जिल्लामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत ९ जना संक्रमितको अवस्था सिकिस्त रहेको छ भने १ जनाको अवस्था मध्यम रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप २ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।  योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ५ सय ९६ पुगेको छ ।

हालसम्म बाँकेमा कोरोना संक्रमितबाट ३९ जना महिला र १०३ पुरष गरि १ सय ४२ जनाको मृत्यु भइसकेको छ भने जिल्लमा हाल  १० जना जिल्ला भित्रका र ७ जना जिल्ला बाहिरका गरि १७ जना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page