बिओकेको वार्षिक साधारण सभा सम्पन्न

२०७७ मंसिर ७, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डौं–बिओके क्यापिटल मार्केट लिमिटेडले आर्थिक वर्ष ०७६।७७ को पाचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा आर्थिक वर्ष ०७६।७७ को चुक्ता पूजीको नगद लाभांश र वित्तीय विवरणहरु वितरण गर्ने प्रस्ताव पारित गरी शुक्रबार बिओके क्यापिटलको पचौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

आ.व.०७६।७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पूजी रकम २१ करोडकोे ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बिओके क्यापिटलले जनाएको छ । बिओके क्यापिटका अनुसार उक्त साधारण सभाले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

Deepa Sunuwar

दीपा सुनुवार हाम्रोपुस्ता डट कमको लागि काठमाडौंबाट आर्थिक र राजनीतिको लागि कलम चलाउनु हुन्छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page