बाँकेमा सोमबार ७ सय ३९ जना व्यक्तिले लगाए कोरोना विरुद्धको खोप

२०७७ फाल्गुन ३, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा सोमबार पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका ७ सय ३९ जना व्यक्तिले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेसँगै बाँकेमा  दोस्रो दिन ७ सय ३९ जनाले कोरोना बिरुद्धको खोप लगाएको बाँकेका कोरोना फोकल  तेज वलीले जानकारी दिनुभयो । हिजो पहिलो दिनमा बाँकेमा ४ सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए  ।

बाँकेमा रहेका २ वटा खोप केन्द्रमा ५ सय ७२ पुरुष र १ सय ६७ महिला गरी ७ सय ३९ जनाले कोरोना विरुद्धको खोप लगाएको फोकल पर्सन वलीले बताउनुभयो ।

सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, पत्रकारलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरेको हो । पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालकहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ।

त्यसतै पछिल्लो २४ घण्टामा बाँकेमा १ जनामा संक्रमण पुष्टी भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ५४ पुगेको छ ।

खोप लगाउनेको विवरण:-

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page