बाँकेमा सोमबार थप ८ जनामा संक्रमण पुष्टी, उपचाररत २१ संक्रमितको अवस्था गम्भीर

२०७७ माघ ५, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- पछिल्लो २४ घण्टामा बाँकेमा सोमबार थप ८ जनामा संक्रमण पुष्टी भएको छ।  योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ५ सय ६३ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका २ वटा प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ६ महिला र २ पुरुष गरि थप ८ जनामा संक्रमण पुष्टी भएको हो ।

नेपालगंज मेडिकल कलेज, कोहलपुर प्रयोगशालामा २ जना र भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ६ जना गरि थप ८ जनामा संक्रमण पुष्टी भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले हाम्रो पुस्तालाई जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा सोमबार थप ५ महिला र ४ पुरुष गरि थप ९ संक्रमित कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्  ।योसंगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ४ सय २० पुगेको छ ।

फोकल पर्सन वली अनुसार जिल्लामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत २१ जना संक्रमितको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ। जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ रहेको छ भने संक्रिय संक्रमितको संख्या ९४ रहेको छ ।

पालिका अनुसार कोरोना केशहरुको विवरण:

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page