बाँकेमा मंगलबार थप ३ जनामा संक्रमण पुष्टी, उपचाररत ९ जना संक्रमितको अवस्था सिकिस्त

२०७७ फाल्गुन ११, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जनामा संक्रमण पुष्टी भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ६४ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ३ जना पुरुषलाई संक्रमण पुष्टी भएको हो ।

फोकल पर्सन वलीका अनुसार जिल्लामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत ९ जना संक्रमितको अवस्था सिकिस्त रहेको छ भने १ जनाको अवस्था मध्यम रहेको छ ।

हालसम्म बाँकेमा कोरोना संक्रमितबाट ३९ जना महिला र १०३ पुरष गरि १ सय ४२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ५ सय ९४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। जिल्लमा हाल  ११ जना जिल्ला भित्रका र ५ जना जिल्ला बाहिरका गरि १६ जना संक्रमित उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page