बाँकेमा गएराती ५ मिनटको अन्तरालमा २ संक्रमितको मृत्यु

२०७७ पुष १५, बुधबार
पढ्ने समय : < 1 मिनेट

बाँके- बाँकेमा गएराती थप २ जना संक्रमितको मृत्यु भएको छ। योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कोहलपुर-२, बाँके निवासी ७३ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पताल नेपालगंजमा गएराती १० बजेर २० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै ५ मिनेट पछी ठाकुरबाबा-९ बर्दिया निवासी ८५ वर्षीय वृद्ध महिलाको पनि भेरी अस्पताल, नेपालगंजमै उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्याले ग्रसित दुवै संक्रमितलाई रोगको प्रकृति अनुसार गर्नुपर्ने सम्पूर्ण विधि अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको छ। हाल शव व्यवस्थापनको लागि नेपाली सेना र पारिवारिक पक्षबाट समन्यव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page