परामर्श कार्यक्रम सम्पन्न

२०७७ मंसिर १२, शुक्रबार
पढ्ने समय : 2 मिनेट

काठमाण्डौं– राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले हिंसा विरुद्ध परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड–१९को महामारीले आदिवासी जनजाति महिलामाथि भएका हिंसालाई लिएर ‘लैङिगक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति,समाज र सबैको ऐक्यबद्धता’ नाराका साथ शुक्रबार नयाँ बानेश्वरस्थित अल्फा हाउसमा महासंघले परामर्श कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सल्लाहकार यशोकान्ती भट्टचन र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले  कार्यपत्र प्रस्तुति गरेका थिए । हिंसामा परेका महिलाहरुलाई उत्थान गर्न सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको कार्यक्रमका प्रमुख अथिति, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव खतिवडाले बताइन् । साथै हिंसाको शिकारमा पर्न नदिन सरकारले उद्यमशिलता, वित्तिय पहुँच, स्वास्थ सेवा, तालिमलगाएत सचेतना मुलक कार्यक्रमहरु गरेको र निरन्तरता दिन प्रतिबद्ध रहेको पनी सचिव खतिवडाले बताएकी छन् ।

कार्यपत्र प्रस्तुत गर्दै कोरोना भाईरस महामारीका कारण लकडाउन भएपछि महिलामाथि विभिन्न क्षेत्रमा दुव्र्यवहार, घरेलु तथा अन्य विभिन्न प्रकारका संरचनागत हिंसा भएको महासंघका सल्लाहकार भट्टचनले बताएकी छन् । संस्थापक तथा सल्लाहकार भट्टचनका अनुसार हिंसारहित समाज निमार्णका लागि स्थानिय तह देखि राष्ट्रिय स्तरसम्म सम्पूर्ण संघ संस्था, नागरिक समाज, सरकारी निकाय जस्ता संवेदनशील क्षेत्रहरुको सहकार्य आवश्यक छन् ।


उक्त कार्यक्रमलाई राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको उपाध्यक्ष छिङ चिप्पा ल्होमीले सम्पन्न गरेकी हुन् । आयोजकका अनुसार कार्यक्रममा ४३ संस्थाका प्रतिनीधिहरुमा नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति युवा संघ, आदिवासी जनजाति चलचित्र महासंघ, आदिवासी जनजाति महिला अपाङ्ग संघ, महिला कानुनि सचेतना समुह, राष्ट्रिय आदिवासी महिला मञ्च ,संस्थापक सदस्यहरु, पूर्व पदाकारीहरु, संघिय परिषदका सदस्य एवम् महिला महासंघमा आबद्ध जातिए  संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page