धर्मपरिवर्तन गर्न पाउँदैन भने पृथ्वीनारायण शाहको वशलाई मुस्लिम धर्ममा फर्काउ

२०७६ आश्विन २०, सोमबार
पढ्ने समय : 2 मिनेट

यदि धर्म, आस्था परिवर्तन गर्नु, गराउनु  अपराध हो भने इतिहासमा भाषा, धर्म र संस्कृतिकै कारण मारिएका अहिन्दूहरूको मुल्य आजको हिन्दूहरूले चुकाउनुपर्छ ।

धर्मपरिवर्तन गर्न पाइँदैन भने राज्यले नै बाैद्धबाट हिन्दू बनाएका नेवारहरूलाई बाैद्ध कायम गरोस् । बोनबाट बुद्धिष्ट भएका तामाङहरूलाई बोन कायम गरियोस् l

आदिवासी, जनजातिहरू जसको इतिहासमा आफ्नै धर्म, आस्था थियो । उनीहरूलाई त्यो इतिहासको आस्थामा फर्काओस् l धर्मपरिवर्तन गर्न पाउँदैन भने पृथ्वीनारायण शाहको सन्तान, वशंलाई पनि मुस्लिम धर्ममा फर्काउ l जनगणनामा लाखौँ आदिवासी, जनजातिलाई नसोधी हिन्दू लेखिएको दस्तावेजहरूलाई खुल्ला मैदानमा ल्याएर च्यातियोस l राज्यले धर्म परिवर्तन गराउन पाउँदैन l

धर्मपरिवर्तन गर्न नपाउने भए बुद्धको अस्तित्वलाई लखेटेर भारतीयकरण भएर आएको ब्राह्मणवादको व्याबस्थालाई यो देशको परिचय बनाऊन् पाइँदैन l धर्मकै कारण नेपालमा जन्मिएका गौतम बुध्दलाई भारतमा लखेटिएको थियो ।बुद्धको पहिचान र उसको स्वदेशी आस्थाकरण नेपालले गर्नुपर्छ l धर्मपरिवर्तन गर्न पाइँदैन l

यसकारण हिन्दू धर्मलाई पनि यो राज्यले बहिस्कार गर्नुपर्छ l परिवर्तन हुँदै आएका सबै धर्म, आस्थाको इतिहासिक सम्बन्धमा लगेर यो देशको नागरिकलाई राज्यले अपरिवर्तित धर्मको जरा समाउन लाउनुपर्छ l किनकि हामीलाई सबैभन्दा बढी राज्यले नै परिवर्तन गराईएको छ l हिन्दू बनाएको छ l ब्राह्मणवादको व्याबस्थालाई पुज्न लगाएको छ l

दशैं तिहार नमानेकै कारण झुन्डाएर मारिएको संस्कृतिको सहिद “रिदामा आठपहरिया, राम्लिहाँङ आठपहरिया, जस्ता धर्मकै निम्ति मारिएका आदिवासी, जानजातिको दोष यो राज्यले स्विकार्नुपर्छ l र हिन्दूत्ववादको यो राज्य दण्डनीय हुनुपर्छ l दण्ड पाउनुपर्छ l भाषा, धर्म र संस्कृतिको कारण हजारौं नेवारहरूको नाख, कान काटिएको थियो, तिनीहरूलाई चिहानभित्रबाट तानेर नाख, कान जोडि दियोस् l यो देशमा धर्मपरिवर्तन गर्न पाइँदैन ।

ब्राह्मणवादको व्यबस्थालाई लाद्नकै निम्ति बिदेशी धर्म मान्नेहरू भनेर देश निकाला गरिएको आदिवासी नेवारहरूको राष्ट्रियता खोसिएको कारण यो हिन्दूसमाजले दण्ड पाउनुपर्छ l

यो देशको सम्पूर्ण धार्मिक पहिचान लुट्ने हिन्दू हो l एकात्मकवादी हिन्दू शोषण, हिन्दूवादको राज्य हो l एकल जातीय हिन्दूहरूको पराकाष्ट नै धर्मपरिवर्तनको सुरुवात थियो l यसकारण भारतीयकरण भएर आएको ब्राह्मणवादको यो शोषणको व्यबस्थालाई राज्यबाट बहिस्कार गरेर, यो देशमा स्वदेशी आस्थाकरण गरेर कसैले देखाउँन सक्छ भने मात्र, धर्म परिवर्तनको बिरोध गर्न सुहाउँछ l होइनभने हिन्दूहरूले नै अरूलाई जबर्जस्ति हिन्दू बनाएको इतिहास हाम्रै अघि छ l

हिन्दूवादको वीउ जोगाउने षड्यन्त्रको साथमा नेपालको नयाँ संविधानका लागि तयार गरिएको मस्यौदाको धारा ३१ (३) मा पनि स्पष्टरूपमा कुनै व्यक्तिलाई एक धर्मबाट अर्को धर्ममा परिवर्तन गराउने कार्यलाई अपराधीकरण गरेको छ l यो हिन्दूवादी नेताहरूको चाल हो l ठिक छ यो संविधानले हिन्दू बाहेक अरू धर्म, आस्थामा विश्वास गर्नेलाई दण्डनीय बनाउँछ भने यो राष्ट्रलाई नै हिन्दू बनाउन लागेको अपराधमा सबैभन्दा पहिला यहाँका हिन्दू शाषकहरूलाई जेलमा हाल्नुपर्छ l

यदि धर्म/आस्था परिवर्तन गर्नु अपराध हो भने इतिहासमा भाषा, धर्म र संस्कृतिकै कारण मारिएका अहिन्दूहरूको मुल्य आजको हिन्दूहरूले चुकाउनुपर्छ l

limbuwankhabar.blogspot.com बाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page